सिड्नीको डार्लिङ हार्वरमा हुँदै आएको नेपाल फेष्टिभल नोभेम्बर २४ मा,यस्तो छ तयारी

सिड्नी । प्रत्येक दुई वर्षमा सिड्नीको डार्लिङ हार्वरमा हुँदै आएको नेपाल फेष्टिभल यो वर्ष नोभेम्बर २४ तारिकका दिन हुने भएको छ । गैर आवासिय नेपाली संघ अस्ट्रेलिया न्यु साउथ वेल्स राज्य समिति, नेपाल पर्यटन बोर्ड महाबाणिज्यदुतको कार्यालय न्यु साउथ वेल्स र सिड्नीका नेपाली सामुदायिक संस्थाहरुको सहकार्यमा यो फेष्टिभल हुन लागेको हो।

सन् २००६ देखि सुरु गरिएको नेपाल फेष्टिभल महत्सवको यो सातौं संस्करण हो । नेपाल र नेपालीलाई अस्ट्रेलियाको मूल प्रवाहको समुदायसँग परिचित गराउनु यो फेष्टिभलको मुख्य उद्देश्य रहेको छ। नेपाली गीत संगीत, नृत्य, खानाका परिकारहरु, हस्तकलाका समान र नेपालीको ब्यवसायबारे जानकारी फेष्टिभलको मुख्य आकर्षण रहनेछ । फेष्टिभल सहभागि हुन नेपालवाट कलाकार लगायत कुटनितीक व्यक्तिको पनि सहभागिता रहनेछ । भिजिट नेपाल २०२० लाई लक्षित फेष्टिभलले नेपालमा पर्यटन भित्राउनको लागि पाि सहयोग गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

नेपाल फेष्टिभलले वन कन्ट्री, मेनी स्टोरीज्’ नामक नारा बनाएर यसपाली भब्य र सब्य तरिका बाट नेपाल फेष्टिभल सफल पार्न गैरआवासीय नेपाली संघको लक्ष्य रहेको छ साथसाथै आफ्ना पदाधिकारी र नेपाली समूदायका अन्य संघ संस्थाका व्यक्तिहरुलाई समेत समेटेर २८ वटा उपसमिती निर्माण गरेको छ । सिड्नीको नेपाल फेष्टिभलका संयोजक नन्द गुरुङले दिएको जानकारी अनुसार नेपाल महोत्सवको उपसंयोजकमा डिला खरेल रहेका छन् भने सचिवमा देव गुरुङ र पूजा चन्द तोकिएका छन्।

मुख्य कमिटीमा ५० जनाभन्दा बढी सदस्य रहेका छन्। नेपाल फेष्टिभल एनआरएन अष्ट्रेलियाले नेपाली दूतावास, महावाणिज्यदूतको कार्यालय, न्यूसाउथवेल्समा रहेका विभिन्न गैर नाफामूलक संघसंस्थाहरु, नेपाली व्यापारिक समूह, नेपाल पर्यटन बोर्ड न्यूसाउथवेल्स प्रतिनिधिको समेत सहकार्यमा गर्न लागेका हो। बनाइएका २८ वटा कमिटी मध्ये सल्लाहकार समितिमा ४२ जना छन् ।

यस्तै पर्यवेक्षण कमिटीको संयोजन एनआरएनकी संरक्षक ईन्द्रा वनले गर्नेछिन् भने अन्य १५ जना सदस्य छन् । यस्तै कार्यक्रम व्यवस्थापन समितिको संयोजन नन्द गुरुङले गर्नेछन् भने उपसंयोजक कृष्ण गिरी तोकिएका छन्, कमिटीमा अन्य ७ जना सदस्य छन् ।

यस्तै स्थल व्यवस्थापन कमिटी, सांस्कृतिक व्यवस्थापन कमिटी, स्वयंसेवक व्यवस्थापन कमिटी, प्रायोजन कमिटी, अतिथि निमन्त्रणा कमिटी, बजार र प्रबर्धन कमिटी, मिडिया म्यानेजमेन्ट कमिटी, अतिथि सम्बन्ध कमिटी, पर्यटन प्रबर्धन कमिटी, फन्डरेजिङ कमिटी, लजिष्टिक म्यानेजमेन्ट कमिटी, आईटी म्यानेजमेन्ट कमिटी, हस्पिटालिटी कमिटी, फस्ट एड कमिटी, नेप्लीज कम्युनिटी लियाज कमिटी, अदर कम्युनिटी लियाज कमिटी, सेक्युरिटी म्यानेजमेन्ट कमिटी, साउन्ड, लाईट म्यानेजमेन्ट कमिटी, फोटो एण्ड भिडियो म्यानेजमेन्ट कमिटी, स्टेज म्यानेजमेन्ट कमिटी, नेपाल परेड कमिटी, नेपाल हाउस म्यानेजमैन्ट कमिटी, स्मारिक प्रकाशन कमिटी, अन्तर्राष्ट्रिय मिडिया म्यानेजमेन्ट कमिटी रहेका छन्।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु