संविधान दिवसको समारोहमा सांसद नै बेहोस

काठमाडौं । संविधान दिवसको अवशरमा टुँडिखेलमा भएको कार्यक्रम सांसद बेहोस हुन पुगेकी छिन् । नेकपा संसदीय दलकी सचेतक समेत रहेकी सांसद शान्ता चौधरी कार्यक्रमको क्रममा बेहोस भएकी हुन् । चौधरी बेहोस भएर ढल्नुको कारण चर्को घाम रहेको अनुमान गरिएको छ । बुधवार विहानैदेखि चर्केको घामका कार्यक्रम हेर्दाहेर्दै नेकपाकी सांसद एक्कासी लडिन् ।

तर उनी लडेपनि तत्काल मेडिकल टिम भने तत्काल पुग्न सकेन । जामले हैरान खेप्दै सेनाको एम्बुलेन्स पनि ढिलो गरी पुगेको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु