मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १५ पुग्यो,दुई नेपालीको सनाखत

काठमाडौं । मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ । त्यसमध्ये मृत्यु हुनेमा ५ जना नेपालीको रहेको जनाईएको छ । मृत्यु हुनेमध्ये दुई जनाको सनाखत भएको छ ।

वर्ष २६ का विशाल बुढाथोकी र वर्ष २९ का सञ्जय उराउको मृत्यु भएको पुष्टि भइसकेको छ । विषाक्त रक्सीकै कारण क्वालालम्पुरको सुनगाईबुलो, प्ल्यांक र बान्सिङ अस्पतालमा थप १५ जना नेपालीको उपचार भइरहेको छ । उनीहरुमध्ये केहीको अवस्था चिन्ताजनक रहेको पनि बताइएको छ । राजधानी क्वालालम्पुर नजिकै रहेको सेलाङ्गोर क्षेत्रमा काम गर्ने नेपालीहरुले आइतबार छुट्टीको दिन विषाक्त रक्सी सेवन गरेका थिए ।

मलेसियन अनलाइन न्युज पोर्टल द स्टारका अनुसार चार नेपालीको मृत्यु भएको पुष्टि भइसकेको छ, पहिचान भएका घाइतेहरूमा पनि अधिकांश नेपाली छन् ।

३३ जनाको क्वालालम्पुर, सुंगाइबुलो, आम्पाङ, बान्तिङ र क्लाङस्थित अस्पतालमा उपचार भइरहेको छ ।

विषाक्त मदिरा सेवनबाट मृत्यु हुने र बिरामी पर्नेमध्ये १९ जनाको राष्ट्रियता पहिचान भएको छ । जसमा १५ नेपाली, दुई मलेसियन र दुई बंगलादेशी छन् ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु