काठमाडौँको कलंकीमा युवतीमाथि सामूहिक बलात्कार

काठमाडौं । कलंकीस्थित एक होटलमा युवतीको सामुहिक बलात्कार भएको हो । महानगरीय प्रहरी वृत्त कालीमाटीले युवती हराएको निवेदनपछि खोजतलास गर्दा युवतीलाई होटलमा प्रहरीले फेला पारेको हो । प्रहरीले उनलाई सोमबार होटलबाट उद्धार गरेको छ ।

प्रहरीले घटनामा संलग्न तीन जनालाई पक्राउ समेत गरेको छ । पक्राउ पर्नेहरुमा नुवाकोट रालुकादेवी गाउँपालिका–९ घर भई कलंकी बस्ने ३९ वर्षीय अर्जुन लामा, काठमाडौं नागार्जुन नगरपालिका–८ मजुवा बस्ने ३३ वर्षीय सूर्य राना र भीमढुङ्गा नर्सरीमा होटल सञ्चालन गर्ने ४० वर्षीय रामकृष्ण नगरकोटी रहेका छन् ।

नागार्जुन नगरपालिका–७ हसनटार बस्ने २१ वर्षीया युवतीलाई उनीहरुले ललाई फकाई नगरकोटीले सञ्चालन गरेको होटलमा जवरजस्ती करणी गरेको बताइएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित शिर्षकहरु