फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले आज सोमबार रातिदेखि लागु हुने गरि पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्यमा वृद्धि गरेको हो । निगमले पेट्रोल र डिजेलमा प्रतिलिटर २ र मट्टितेलको मूल्य प्रतिलिटर ३ रूपैयाँले वृद्धि गरेको हो ।

मूल्यबृद्धि भएसँगै अब पेट्रोल एक लिटर किन्न ११४ रुपैयाँ खर्चिनु पर्ने भएको छ भने डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ पुगेको छ । खाना पकाउने एलपीजी ग्यास र हवाइ इन्धनको मूल्य भने नबढाइएको निगमले जनाएको छ ।

यसअघि गत भदौ २० मा निगमले पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको थियो । भारतीय आयल कर्पोरेशनले पठाउने मूल्य सूचीअनुसार निगमले १५(१५ दिनमा मूल्य समायोजन गरिएको जनाएको छ ।

सम्बन्धित शिर्षकहरु