एडेलेडमा अध्यात्म चिकित्सा विज्ञान सहितको उत्प्रेरणा साँझ सम्पन्न

असनेपालन्युज । एडेलेड। उत्प्रेरणा र योग सहितको एक जागरण कार्यक्रम एडेलेडमा सम्पन्न भएको छ । हास्य , संगित,र मनोचिकित्साका विभिन्न योग आसन समावेश भएको एक अध्यात्म र विज्ञान सम्बन्धी कार्यक्रम एन आर एन साउथ अस्ट्रेलियाको आयोजनामा भब्य रुपले सम्पन्न भएको हो ।

सकारात्मक सोचका अभियन्ता तथा योग साधना र उत्प्रेरणाका स्रोत आचार्य राजन शर्माले दक्षिण अस्ट्रेलिया स्थित एडेलेडमा ‘अजिमेड’नामक परोपकारी संस्थाको शुभारम्भ गर्ने क्रमममा उपस्थित सबैलाई उत्साहित पार्दै सो कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा डा कुश श्रेष्ठ संस्थापक अध्यक्ष रहनु भएको अजिमेड संस्थाको समुद्द्घाटन गरियो । सो अवसरमा जीवनलाई सकारात्मक बनाउंन आहार , विहार र प्रत्यहार सहितको द्रिढ संकल्प जरुरी हुने आचार्य राजन शर्माले बताउनु भयो । हरेक ब्यक्ति सुखि रहन योग्य रहेको र त्यसको खास विधि रहेको उहांले सो अवसरमा बताउंनु भयो ।

यस्तै डा श्रेष्ठले चिल्कित्सकहरूको टोली ले नेपाल लाई सहयोग गर्न आफ्नो तर्फ बाट पहल गरेको र भविष्यमा समुदायको सहयोगले अझ जोडतोडले यसको विस्तार गरिने बताउंनु भयो । उहांले अजिमेड र आम्दाजस्ता संस्थाले नेपाल सरकारलाई विभिन्न तवरले सघाउंने विशेष योजना प्रस्तुत गर्नु भयो , सो अवसरमा संस्थाका सल्लाहकार दिपक विष्ट , एन आर एन अध्यक्ष अशोक के सि, दक्षिण अस्ट्रेलियाका महावाणिज्यदुत दीपक धमला जिएसपीएसएस का अध्यक्ष आनन्द बख्रेल ,महासचिव दया पराजुली लगायत समुदायका विभिन्न अगुवाहरूको सहभागिता रहेको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु