प्रधानमन्त्रीले निर्मला पन्तका बाबुआमासँग भेट्न समय दिएनन्

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बलात्कारपछि हत्या गरिएकी निर्मता पन्तका बाबुआमा र आफन्तहरूसँग भेट्न अस्वीकार गरेका छन् । निर्मला पन्तका हत्यारालाई कारबाहीको माग गर्दै बाबु यज्ञराज पन्त र दुर्गादेवी पन्तसँगै काठमाडौं आएकी महिला अधिकारकर्मी लक्ष्मी मल्लले प्रधानमन्त्रीले भेट्न नमानेको बताएकी हुन् ।

‘हामीले प्रधानमन्त्रीसँग भेटेर निर्मला पन्तका दोषीहरूलाई कारबाहीका लागि माग गर्ने भनेका थियौँ’, आइतबार बिहान नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मल्लले भनिन्, ‘हामी काठमाडौं आएको एक हप्ता भइसक्यो प्रधानमन्त्रीज्यूले भेट्न समय दिनु भएको छैन ।’

अधिकारकर्मी मल्लले दोषीहरू शक्तिशाली भएकै कारण प्रहरीले प्रमाण नष्ट गरेको बताइन् । ‘प्रहरीले शुरुदेखि नै शंकास्पद गतिविधि गरेको छ’, उनले भनिन्, ‘पछिल्लो समय आइजीपीले निर्मला पन्तका हत्यारालाई खोज्न देखाएको सक्रियताबाट आश जागेको छ ।’

गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायतसँग भेटेर निर्मला पन्तका दोषीलाई कारबाही गर्न दवाव दिएका बाबुआमाले प्रधानमन्त्रीसँग पनि भेट्न खोजी रहेका छन् ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु