बलिउड अभिनेता गोविन्दा काठमाडौंमा

काठमाडौं ।  बलिउड अभिनेता गोविन्दा अहुजा छोरी टिना अहुजासँगै काठमाडौं आइपुगेका छन् । शनिबार छोरीसहित काठमाडौं उत्रिएका उनी एलजी कामना सिने अवार्डका लागि नेपाल आएका हुन् । उनले केही धार्मिक पर्यटन स्थलको भ्रमण गर्ने पक्का भएको छ ।

नेपाली चेली सुनिता राणासँग बिहे गरेका गोविन्दालाई नेपालको ज्वाई मानिन्छ । उनी बेलामौका घुुम्न र तिर्थाटनका लागि नेपाल आउने गरेका छन् ।

 

 

Comments

comments

सम्बन्धित शिर्षकहरु