फ्लोरेन्स आँधी : पाँच जनाको मृत्यु, ६ लाख मानिस प्रभावित

एजेन्सी । समुद्री आँधी फ्लोरेन्स अमेरिकाको पूर्वी तटमा आइपुग्दा त्यसका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ । आँधीका कारण ६ लाख मानिसहरू विजुलीको सेवाबाट बञ्चित बनेका छन् ।
आँधीका कारण त्यस क्षेत्रको जनजीवन नराम्ररी प्रभावित भएको छ । अधिकारीहरूका अनुसार बिजुलीको आपूर्ति पुनः गर्न अझै केही दिन वा हप्ता पनि लाग्न सक्छ ।

अहिलेसम्म आँधीका कारण १७ लाख मानिसहरूलाई आफ्नो ठाउँ छोडेर अन्यत्र जान सुझाइ सकिएको छ । त्यहाँको मौसमसम्बन्धी जानकारी दिने न्याश्नल वेदर सर्भिसका अनुसार हावाको वेग ११० किलोमिटर प्रतिघण्टा रहेको छ । आँधीकै कारण कतिपय क्षेत्रमा ठूलो वर्षासमेत भइरहेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु