प्रचण्ड आज चीन जाँदै,भ्रमण अर्थपूर्ण

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज चीन जाँदै छन् । केही दिन भारत भ्रमण गरेका प्रचण्ड चीनमा हुन लागेको ‘विश्व शान्ति दिवस’ कार्यक्रमको प्रमुख अतिथिका रूपमा सम्बोधन गर्न प्रचण्ड त्यसतर्फ जान लागेका हुन् ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय टोली शुक्रबार नै चीन प्रस्थान गरेको छ । आज जान लागेका प्रचण्डसँगै पत्नी सीता, छोरी गंगा, प्रमुख स्वकीयसचिव जोखबहादुर महरा र एक चिकित्सिक छिन् । प्रचण्ड ३ असोजमा स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

भ्रमणका क्रममा प्रचण्डले कुन–कुन चिनियाँ नेतासँग भेट्ने भन्ने खुलाइएको छैन । भारत भ्रमण लगत्तै हुन लागेको प्रचण्डको चीन भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु