नेपाललाई सहयोग गर्न दक्षिण अस्ट्रेलियामा बहुसांस्कृतिक अध्यात्मिक मेला सम्पन्न

असनेपालन्युज ,एडेलेड । एडेलेडमा बहुसांस्कृतिक अध्यात्मिक प्रवचन सम्पन्न भएको छ। पुण्य फाउण्डेशनको आयोजनामा सेल्स्बुरी एडेलेडमा सम्पन्न सो तीन दिवसिय कार्यक्रमका मुख्य प्रवचक सिड्नी बाट आउनु भएका अध्यात्मिक गुरु आचार्य राजन शर्मा(भीमसेन सापकोटा ) हुनुहुन्थ्यो । उहांले श्रीमदभागवत महापुरण , उत्प्रेरणा कार्यक्रम , योग शिक्षक तालिम सन्चालन गर्नुका साथै उत्प्रेरणात्मक अध्यात्म शिविर सन्चालन गर्नु भएको थियो ।

यस्तै अन्य लामा गुरु रिन्पोछे देखि विभिन्न अध्यात्मिक अगुवा हरूले विभिन्न विषयमा समुदायलाई दु:ख निवारणका प्रवचन राख्नु भएको थियो । दक्षिण अस्ट्रेलियाको बहुसांस्कृतिक अध्यात्मिक मेलामा दक्षिण अस्ट्रेलिया प्रतिनिधि सदस्य तथा पुर्व मन्त्री जोए बेटिनसन , सेल्स्बुरिका नगर प्रमुख , जिलियन , प्लेफर्डका नगर प्रमुख ग्लेन डोचेर्टी को उपस्थितिमा योगाचार्य तथा अस्ट्रेलियाका प्रथम नेपाली योग प्रशिक्षक आचार्य राजन शर्माले यसै अवसरमा आयुओजित योग शिक्षक तालिमको समाप्ति पछि प्रशिक्षार्थिहरूलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो ।

कार्यक्रमका संयोजक हरि उदासी , मोहन भट्टराइ ,पण्डित शान्ति राम ढकाल , तिलचन्द्र सापकोटा लगायतले कार्यक्रम अध्यात्म प्राचार र परोपकारका लागि सहयोग रकम जुटाउंन सफल बनेको असनेपाल न्युजलाई बताउंनु भयो । डा लक्ष्मि ढकालको विशेष योगदान रहेको सो कार्यक्रम बाट उठेको रकम सिन्धुपाल्चोक जिल्लामा भुकम्प बाट टुहुरा बनेका विध्यार्थीहरूको सहयोगार्थ खर्च गरिने फाउण्डेशनले जनाएको छ । तीन दिन सम्म चलेको सो कार्यक्रम अन्तर्गत भागवत प्रवचन , योग शिक्षक तालिम , कविता वाचन समारोह तथा तिज कार्यक्रम समेत अटाएको आयोजक मध्येका एक मोहन भट्टराइ असनेपाल न्युजलाई बताउंनु हुन्छ । पुण्य फाउण्डेशन ले नेपालका विभिन्न स्थान र अन्य देशमा समेत परोपकारका लागि विविध गतिविधि सन्चालन गर्दै आएको छ

adelaede yoga

https://www.facebook.com/sunkoshtv/videos/1847986211952827/

Comments

comments

सम्बन्धित शिर्षकहरु