अस्ट्रेलियामा नेपालीहरूले लिए पहिलो पटक सामुहिक योग शिक्षक प्रशिक्षण

असनेपालन्युज सिड्नी । अस्ट्रेलियामा पहिलो पटक नेपालीहरूका लागि योग शिक्षक प्रशिक्षण सम्पन्न भएको छ । नेपालीइहरूलाई सामुहिक रुपमा अस्ट्रेलियाली योग्यता र मापदण्ड अनुसार यसरी तालिम दिएको यो नै पहिलो पटक हो । तालिम प्रदायक संन्स्था विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज (जी एस पी एस् एस् )GSPSS ले अस्ट्रेलियामा यो वर्ष ५० र विश्वका अन्य शहरमा ५०० नेपालीहरू लाई योग तथा शान्ति शिक्ष्या प्रदान गर्ने लक्ष्य अनुरुप यस्तो कार्य चालिएको जि एस पि एस् एस् ले जनाएको छ ।

बहुसांन्साकृतिक अध्यात्मिक मेलामा दक्षिण अस्ट्रेलिया प्रतिनिधि सदस्य तथा पुर्व मन्त्री जोए बेटिनसन , सेल्स्बुरिका नगर प्रमुख , जिलियन , प्लेफर्डका नगर प्रमुख ग्लेन डोचेर्टी को उपस्थितिमा योगाचार्य तथा अस्ट्रेलियाका प्रथम नेपाली योग प्रशिक्षक आचार्य राजन शर्माले तालिमको समाप्ति पछि प्रशिक्षार्थिहरूलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो । चार दिवसिय सो आधारभुत अस्टाङ्ग योग शिक्षक तालिमलाई पुण्य फाउण्देशान ले ब्यवस्थापना गरेको थियो ।

सहभागीहरूमा भुटानी मुलका नेपाली मुलका वाहुल्यता रहेको थियो । तालिम संयोजक तथा सहभागी मोहन प्रसाद भट्टराइका अनुसार नेपालीहरू आफ्नै पहिचानका गौरवशाली विधामार्फत विश्वमा शान्ति र अध्यात्म प्रचार गर्न सक्छन् यसै क्रममा यो तालिम ले नेपालीहरूलाई आफु र आफ्नो परिवारको स्वास्थ्य , शान्ति र चरित्र निर्माण मा सघाउ पुर्याउंने मात्र नभै योग क्षेत्रमा रोजगारको ढोका समेत खोलेको बताउंनु भयो ।
सहभागिहरू निम्न लिखित रहेको जनाईएको छ :
मोहन भट्टराई
शान्ति राम ढकाल
पुष्प भट्टराइ
हरी पोख्रेल
हेमा सुबेदि
बिष्णु माया दाहाल
लक्ष्मि पौडेल
पवित्रा खनाल
प्रभास खनाल
आनन्द बख्रेल ,जुना भट्टाराई ,खिम दाहाल

adelaede yoga

Comments

comments

सम्बन्धित शिर्षकहरु