सर्वोच्चको आदेश विपरित‘प्रकाण्ड’ फेरि पक्राउ

काठमाडौं । सर्वोच्च अदालतले व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई थुनामुक्त गर्न आदेश दिए लगत्तै फेरि पक्राउ परेका छन् ।

न्यायाधीश अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संयुक्त इजलासले आज विश्वकर्मालाई गैरकानूनी थुनामा राखेको जनाउँदै अदालतका मुख्य रजिष्ट्रार राजनप्रसाद भट्टराईको रोहवरमा थुनामुक्त गर्न आदेश जारी गरेको थियो । नेकपा विप्लव नेतृत्वका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ फेरि पक्राउ परेका छन् । शुक्रबार सर्वोच्च बाहिरबाट उनलाई पक्राउ गरिएको हो । उनी शुक्रबार बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाईका लागि सर्वोच्च आएका थिए ।

सर्वोच्चले अवहेनाको मुद्दामा कारबाही गर्ने चेतावनी दिँदै गर्दा शुक्रबार नै ‘प्रकाण्ड’ पुनः पक्राउमा परेका हुन् । उनलाई पटक–पटक पक्राउ गरिएको भन्दै सर्वोच्चले शुक्रबार कारबाहीको चेतावनी दिएको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु