जिल्ला अदालतको आदेश उल्ट्याउँदै सुनकाण्डमा पक्राउ परेका एसएसपीलाई थुनामुक्त गर्न आदेश

काठमाडौं ।  सुनकाण्डमा मुछिएका एसएसपी दिवेश लोहनीलाई साधारण तारेखमा छोड्न उच्च अदालत, बिराटनगरले आदेश दिएको छ । मोरङ जिल्ला अदालतको आदेश उल्ट्याउँदै न्यायाधीश नागेन्द्रलाभ कर्ण र सारङ्गा सुवेदीको संयुक्त इजलासले शुक्रबार लोहनीलार्इ थुनामुक्त गर्ने आदेश दिएको हो । उनले ७ असारमा थुनामुक्त हुन पाउँ भन्दै उच्च अदालतमा निवेदन दिएका थिए ।

उनी तत्कालिन महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख थिए । प्रकरणको अनुसन्धान गर्न गृह मन्त्रालयका सह(सचिव र्इश्वरराज पौडेलको नेतृत्वमा गठित समितले उनलाई बयानका लागि बोलाएको थियो । र, १९ वैशाखमा उनी पक्राउ परेका थिए । उनलाई बयानपछि पक्राउ पूर्जी थमाइएको थियो।

लोहनीसहित महाशाखाका डिएसपी प्रजित केसी र सर्इ बालकृष्ण सञ्जेलले सुन तस्करीका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’लाई बचाउने प्रयास गरेको आरोप लागेको थियो ।

 

 

Comments

comments

सम्बन्धित शिर्षकहरु