सकारात्मक सोच र विश्व जागरणका लागि यसरी जुटे दक्षिण अस्ट्रेलियाका नेपाली युवाहरु

असनेपालन्युज , एडेलेड । दक्षिण अस्ट्रेलिया स्थित सकारात्मक सोच, आदर्श जीवन र अध्यात्मिक चिन्तन सहितको वैज्ञानिक जीवन प्रेमि हरूको एक समुहले “विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज (The Global Society for Peace and Spiritual Science,GSPSS) को शाखा विस्तार गरेका छन्।

विश्वका १४ देशका विभिन्न शहरमा विस्तारित सो विश्व शान्ति समाज “GSPSS” ले आफ्नो सन्जालमा विश्वका सकारात्मक प्रेमिहरूलाई समेट्ने क्रममा एडेलेडमा पनि आफ्नो आयतन विस्तार गरेको हो । योग, ध्यान , आत्म जागरण मार्फत , विभिन्न समुह विच सहिष्णुता, विश्व शान्ति र मानवीयता विस्तर गर्ने प्रमुख लक्ष्य राखेको सो वैश्विक समाजले विश्व मानव उत्थानका लागि विभिन्न देश र समाजमा उत्प्रेरणाका प्रभावशालि गतिविधि सन्चालन गर्दै आएको छ ।

संयुक्त्त राष्ट्र संघ (UN) तथा विश्वका अन्य शान्ति सम्बन्धित निकायहरू सँग तादात्म्यता राख्दै आएको सो समाजले दक्षिण अस्ट्रेलियामा यसै समुहद्वारा मानव उत्थान , र समाज रुपान्तरणका गतिविधि सन्चालन गर्नेछ । सकारात्मक सोचका अभियन्ता , उत्प्रेरक तथा योग ध्यानका प्रचारक गुरु आचार्य राजन शर्माको संरक्षकत्वमा स्थापित सो समुह द्वारा विश्व जागरण अभियानको अलावा नेपालमा विभिन्न परोपकारका गतिविधि सन्चालन हुंदै आएको संस्थाले एक प्रेस विज्ञप्ति मार्फत जनाएको छ । दक्षिण अस्ट्रेलियामा गठित यस विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजको कार्यकारी समितिमा निम्न लिखित पदाधिकारी रहे

को जनाईेको छ : जहाँं अध्यात्म , चिकित्सा , योग , परोपकार प्रेमि र वैज्ञानिक लगायत विभिन्न क्षेत्रका प्रतिनिधि सम्मिलित सो समिति हालै स्थापना भएको हो । 

संयोजक :आनन्द बख्रेल
सहसंयोजक :हेमा सुवेदि
महासचिव : दया पराजुली
सचिव :सुमन चौधरी
कोषाध्यक्ष: प्रकाश थापा
सदस्यहरू: बिष्णु दाहाल ,
यदु सुवेदि : गणेश पराजुली
: आर के शर्मा : बिकास पोख्रेल

सल्लाहकार : दीपक विष्ट , अशोक के सि
संरक्षक :आचार्य राजन शर्मा (भीमसेन सापकोटा )

युवाहरूलाई जागरण , रोगी र मुमुक्षुलाई योग शिक्षा ,समाज र विश्वलाई शान्ति प्रदान गर्ने दिशामा हाम्रो अब चरण गत रुपमा अभियान अघि बढ्ने संयोजक बख्रेल असनेपालन्युजलाई बताउंनु हुन्छ ।
सो विश्व समाजको ‘फेस बुक ” पृष्‍ठ यस्तो रहेको छ ।https://www.facebook.com/Globalpeacesociety108/?ref=bookmarks

https://www.facebook.com/Globalpeacesociety108/?ref=bookmarks 

Comments

comments

सम्बन्धित शिर्षकहरु