गृहमन्त्रीको जवाफ:’निर्मला हत्या प्रकरणका अपराधीहरू छिट्टै कानूनको कठघरमा उभिनेछन्’

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नहरू छिटै कानुनको कठघरामा आउने बताएका छन्। बिहीवारको प्रतिनिधिसभा बैंठकमा जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले छानबिन अन्तिम चरणमा पुगेको र अपराधीहरू छिट्टै कानूनको कठघरमा उभिने बताए ।

गृहमन्त्री थापाले भने, ‘जनस्तरबाट गम्भीर चिन्ता पैदा भएको छ, दोषीमाथि कठोर कारवाही होस्, न्यायको कठघरामा परुन् र पीडितलाई न्याय मिलोस् भन्ने चिन्तामा गृहमन्त्रीको तर्फबाट सम्मान गर्छु र जिम्मेवारी रुपमा काम गर्न निर्देशन दिइएको छ ।’

उनले यसअघि आफूले प्रहरीले पक्राउ गरेका दीलिपसिंह बिष्ट नै दोषी हुन भनेर नभनेको जिकिर गरे।
भदौ ७ गते गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिले यस घटनामा संलग्न को हुन र अनुसन्धानको क्रममा कसले लापरबाही गरे भन्ने अनुसन्धान गरिरहेको उनले बताए।

गृहमन्त्रीले प्रहरी हिरासतमा रहेका बेला मृत्यु भएका बाँकेका राममनोहर यादवको मृत्यु चोटपटकले नभई रोगले भएको पोष्टमर्टम रिपोर्ट आएको बताए। हिरासतमा रहेका यादव एक्कासी बिरामी भएपछि सुरूमा बर्दिया जिल्ला अस्पताल त्यसपछि भेरी अञ्चल अस्पताल र मेडिकल कलेज कोहलपुरमा लिइएको थापाले बताए।

Comments

comments

सम्बन्धित शिर्षकहरु