च्यासल युवा क्लबको मुख्य प्रशिक्षकमा राजुकाजी शाक्य अनुबन्धन

काठमाडौं । ‘ए’ डिभिजनको नवप्रवेशी ललितपुरको च्यासल युवा क्लबले क्लबको मुख्य प्रशिक्षकको रुपमा राजुकाजी शाक्यलाई अनुबन्धन गरेको छ । शहिद स्मारक ‘ए’ डिभिजन लिगलाई शाक्यलाई अनुबन्ध गरेको हो । प्रशिक्षक शाक्यले सिनियर राष्ट्रिय टिम, मनाङ–मस्र्याङ्दी क्लब, न्युरोड टिम एनआरटी जस्ता क्लबको प्रशिक्षण गराइसकेका छन् । उनको अनुबन्ध असोज महिनाबाट लागु हुनेछ ।

‘ए’ डिभिजन लिग यही असोज १३ गतेबाट शुरु हुदैछ । करिव ५ महिनासम्म चल्ने लिगमा १४ ‘ए’ डिभिजन क्लबले प्रतिस्पर्धा गर्दैछन् । च्यासल २०७३ को ‘बी’ डिभिजन लिग च्याम्पियन बन्दै ‘ए’ डिभिजनमा बढुवा भएको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु