एन्फा र एपीवानबीचको सम्झौता रद्द,रामसारसँग नयाँ सम्झौता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र एवीपान एचडी टिभीबीच भएको प्रायोजन सम्झौता रद्द भएको छ। (एन्फा)ले सहिद स्मारक ए डिभिजन लिगका लागि रामसार मिडियासँग ३ वर्षको सम्झौता गरेको छ । जुन लिगको लागि मात्र हुनेछ।

यस वर्षमा रामसारले ए डिभिजन लिगको प्रायोजन वापत १ करोड प्रदान गर्नेछ। रामसारले एन्फालाई दोस्रो वर्ष डेढ करोड र तेस्रो वर्ष २ करोड दिनेछ। यस्तै लिगको उत्कृष्ट खेलाडीलाई प्रदान गर्ने ५ वटा बाइकको १ लाख एन्फाले बेहोर्नेछ भने बाँकी रकम रामसारले उपलब्ध गराउनेछ।’

यसअघि नरेन्द्र श्रेष्ठ अध्यक्ष रहँदा एन्फाले एपीवानसँग वार्षिक १ करोड ७५ लाखमा ३ वर्षका लागि ५ करोडको सम्झौता गरेको थियो । कर्माछिरिङ शेर्पाको नेतृत्वमा रहेको वर्तमान एन्फा कार्यसमितीले अघिल्लो कार्यसमितिले गरेको निर्णय सही नरहेको बताउँदै एपीवानसँगको सम्झौता तोडेको हो ।

झण्डै ५ वर्षदेखि रोकिएको ए डिभिजन लिग नयाँ कार्यसमिति आएपछि यही असोज १४ गतेदेखि सुरु हुँदैछ। ए डिभिजनका १४ क्लबले लिगमा प्रतिस्पर्धा गर्दैछन्। तर यस पटक नन रेलिगेसन लिग हुँदैछ।

Comments

comments

सम्बन्धित शिर्षकहरु