हिमानीले काठमाडौं छाडिन्, पूर्वराजा पनि जाँदै

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह डेढ महिनापछि शुक्रबार पुनः थाइल्याण्ड जाने भएका छन् । थाइल्यान्डबाट उनीहरू श्रीलंका र भारतको आर्थिक राजधानी मुम्बई जाने कार्यक्रम तय भएको छ । दुई साता थाइल्यान्ड बसेर श्रीलंका जाने तयारीमा रहेका पूर्वराजपरिवार थाइल्यान्ड भ्रमणको बस्दोबस्ती मिलाउन बुहारी हिमानी बिहीबार नै बैंकक पुगेकी छिन् । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

हिमानीका निजी सचिव स्मिता सिह, पूर्वराजका सहयोगी हस्तबहादुर मल्ल, केही भान्छे, सुसारे र नानीसहितको टोलीका साथ हिमानी थाइल्यान्ड पुगेकी हुन् ।

उनीहरूसँगै राजा ज्ञानेन्द्रका निजी सचिव सागर तिमल्सिना, वालसखा प्रभु शम्शेर राणा, साला उदय शम्शेर राणा र उनकी धर्मपत्नी रोशनी राणा पनि जाने छिन् ।
स्रोतका अनुसार श्रीलंका र भारतमा उच्च राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

थाइल्यान्डमा ज्ञानेन्द्र, कोमल ,निजी सचिव सागर तिमल्सिना मात्रै जाने कार्यक्रम रहेको छ । पछिल्लो समय थाइल्यान्डलाई ट्रान्जिट प्वाइन्ट बनाई विभिन्न मुलुकको भ्रमण गर्न थालेका पूर्वराजा ज्ञानेन्द्र नेपालबाट भारत लगायतका मुलुक भ्रमण गर्दा बढी हल्लिखल्ली हुने भएपछि थाइल्यान्ड हुदै विभिन्न मुलुकको भ्रमण गर्न थालेका छन् ।

नातिनीद्वय पूर्णिका र कीर्तिकालाई भेट गर्न भन्दै थाइल्यान्ड जाने गरेका उनले थाइल्यान्ड हुँदै विभिन्न मुलुक भ्रमण गर्ने गरेको स्रोतले जनाएको छ । ज्ञानेन्द्र परिवार दशैको फूलपातिको दिन मुम्बइ हुँदै नेपाल फर्कने कार्यक्रम छ । दशै लगत्तै पुनः विदेश भ्रमण गर्ने कार्यक्रम रहेको स्रोतको भनाई छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु