नेकपा केन्द्रीय सचिवालयको बैठक बालुवाटारमा जारी

काठमाडाैँ । अपरान्ह ३ बजे बस्ने भनिएको नेकपा केन्द्रीय सचिवालयको बैठक बिहीबार साँझ मात्र सुरु भएको छ। आजको बैठकमा तल्ला कमिटीहरुमा एकताका लागि दुबै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले राखेको मान्यतामा केन्द्रित हुनेछ।

हिजोको बैठकमा दुबै अध्यक्षले प्रदेश, जनबर्गीय संगठन, विभाग र मोर्चाको नेतृत्वका सम्बन्धमा आआफ्नो तर्फबाट मान्यता प्रस्तुत गरेका थिए। अध्यक्षद्वयले राखेका मान्यतामाथि हिजो छलफल नसकिएपछि आज ३ बजेका लागि पुन बैठक डाकिएकोमा साँझ ६ बजे सुरु भएको हो।

पार्टी एकता भएको ४ महिना बितिसकेपनि तल्ला कमिटीहरुमा नेकपाले एकता टुङ्ग्याउन सकेको छैन। एकताका लागि गठन गरिएका कार्यदलहरुले प्रतिवेदन दिएपनि कतिपय प्रतिवेदनहरु अपूर्ण भएकाले एकतालाई औपचारिकता दिन कठिन भइरहेको छ।

आजको बैठकले विवाद नभएका स्थानको एकता टुङ्ग्याउनेछ भने विवाद रहेका स्थानहरुको विवाद बरिष्ठता र क्षमताका आधारमा टुङ्ग्याउनेछ।

Comments

comments

सम्बन्धित शिर्षकहरु