निर्मला बलात्कारपछि हत्या प्रकरण, एसपी विष्टको डीएनए परीक्षण सुरु

काठमाडौ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टको पनि डीएनए परीक्षण थालिएको छ ।

निर्मला बलात्कारपछि हत्या घटनामा लापरबाही गरेको आरोपमा निलम्बनमा तत्कालिन एसपी डिल्लीराज विष्टकै डीएनए परीक्षणका लागि नमूना संकलन गरी प्रहरीलाई बुझाईएको छ । शिक्षण अस्पताल महाराजगञ्जका फोरेन्सिक विज्ञ प्राध्यापक डाक्टर हरिहर वस्तीले विष्टको नमूना संकलन गरी प्रहरीलाई बुझाएका हुन् ।

मृतकसँगका अभियुक्त बनाइएका दिलिप सिंह विष्टसँग डिएनए नमिलेपछि उनी रिहा भएको २ दिनपछि निलम्बित एसपी विष्टको नमूना संकलन गरिएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार नमूना परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ । घटनामा उनको पनि संलग्नताको आशंका गरिएको छ ।

गत साउन १० गते साथीको घर गएकी बालिकाको शव बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट भेटिएको थियो । घटना भएको दुई महिना वित्न लाग्दा समेत प्रहरीले दोषीलाई पक्राउ गर्न सकेको छैन ।

Comments

comments

सम्बन्धित शिर्षकहरु