भीभो भी ११ प्रो एआई स्मार्टफोन नेपालमा सार्वजनिक

काठमाडाैँ । भीभोले अल न्यू भी ११ प्रो स्मार्ट फोन नेपाली बजारमा सार्वजनिक गरेको छ। काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा भीभोको भी ११ प्रोमा विभिन्न संरचना साथमा न्यू हाले फूलभ्यू डिस्प्ले रहेको जानकारी दिईयो।

भीभो मोबाइल नेपालका डिजिटल मार्केटिङ पियुष गिरीका अनुसार उक्त मोबाइल फ्युजन कलरमा हुनुका साथै १२ मेगापिक्सेल सहितको फोटोग्राफी रहेको छ। सेल्फीका लागि स्मार्टफोनमा २५ मेगा पिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ।

एन्ड्रोयड ८.१ मा आधिकारिक भीभोको आफ्नै फनटच ओएस ४.५ र भीभोको जोभी एआई इन्जिनले सिपुयु र मेमोरी रिसोर्सलाई पहिचान गर्ने कार्य गर्ने गिरीले जानकारी दिए। भीभो ११ प्रोमा १९.५९ एस्पेक्ट रेसियो सहितको ६.४१ सुपर एमोलेड हालो फूलभ्यू डिस्प्लेका साथामा ९१.२७ प्रतिशतको स्क्रीन टु बडी रहेको छ।

परफेक्ट शटका लागि बनाइएको उक्त मोबाइलमा युवाका लागि उत्कृष्ट शट र इन डिस्प्ले एक्सपेरियन्स हुने भीभो मोबाइल नेपालले जनाएको छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु