सर्वोच्चको आदेशसँगै प्रकाण्डलाई दाङबाट काठमाडौं ल्याइयो

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मालाई बिहीबार दाङबाट काठमाडौं ल्याइएको छ । प्रवक्ता प्रकाण्डलाई आज बिहान हवाइजहाजमार्फत् काठमाडौं ल्याइएको हो । बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले ४८ घण्टाभित्र पेश गर्न आदेश दिएसँगै दाङमा चलिरहेको मुद्दामा अनुसन्धान चलिरहेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा तुल्सीपुरमा भएको बम बिस्फोट मुद्दामा अनुसन्धान गर्न बिश्वकर्मालाई दाङ लगिएको थियो । त्यहाँको जिल्ला अदालतले आइतबार आठ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएसँगै उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

अदालतले दिएको म्याद नसकिदै सर्वोच्चले आदेश गरेपछि काठमाडौं पठाउनुपरेको प्रहरी कार्यालयले दाङले जनाएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु