नेताहरुलाई नै झड्का दिने खालको यस्तो बन्यो बिधेयक

काठमाडौँ ।  सरकारले संसद्‌मा पेश गरेको जनस्वास्थ्य सम्बन्धी विधेयकमा वैदेशिक उपचारवाफत खर्च उपलब्ध नहुने गरी परिमार्जित बिधेयक तयार भएको छ । संसदको शिक्षा र स्वास्थ्य समितिले तयार गरेको प्रतिवेदनमा ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भएता पनि कुनै ब्यक्तिलाई विदेशमा उपचार गर्नु पर्ने भएमा सोको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन।’ भनि उल्लेख गरिएको छ ।

विदेशमा उपचार गराउनेको खर्च सरकारले नब्यहोर्ने गरी बन्न लागेकाे कानुन अन्तिम चरणमा पुगेकाे छ । यदि यो कानुन कार्यन्यवनमा अायो भने सानो भन्दा सानो स्वास्थ्य समस्यामा पनि विदेश धाउने नेताहरुलाइ झड्का लाग्नेछ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु