रजनीकान्त र अक्षयकुमारको मूख्य भूमिका रहेको ‘२.०’टिजर सार्वजनिक

एजेन्सी । भारतको सर्वाधिक महँगो सिनेमा मानिएको ‘२.०’को टिजर रिलिज भएको छ। शंकर निर्देशित फिल्ममा दक्षिण भारतिय फिल्मका सुपरस्टार रजनीकान्त र अक्षयकुमारको मूख्य भूमिका रहेको छ। डेढ मिनेट लामो सार्वजनिक टिजरमा सुपरस्टार रजनी कान्त अनि अक्षय कुमार आकर्षणको केन्द्रमा छन् ।

एस शंकरको लेखन तथा निर्देशन रहेको फिल्म २.० मा सुपरस्टार रजनी र अक्षयसँगै एमी ज्याक्सनको मुख्य भूमिका छ । फिल्मलाई सुभाषकरणले निर्माण गरेका हुन् भने संगीत एआर रहमनले दिएका छन् । सिनेम्याटोग्राफी निरभ शाहले गरेका छन् ।

लामो समयदेखि सम्पादनमा रहेको २.० को टिजर रिलिजसँगै दर्शकमाझ प्रतिक्षा बढेको छ । यद्पी फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन ।

सम्बन्धित शिर्षकहरु