सरकारलाई कांग्रेसको रुलिङ: निर्मलाको हत्या गर्ने ‘शक्तिशाली’ आपराधी को हो ?

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेको छ । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा छानबिन प्रभावकारी नभएको भन्दै कांग्रेसले संसद बैठक अवरुद्ध गरेको हो । घटनाको दोषीलाई सरकारले संरक्षण गरेको कांग्रेसले आरोप लगाएको छ ।बैठकको सुरुमा बोलेका कांग्रेस सांसद दिलेन्द्र बडुले के कारणले दोषीलाई पक्राउ गर्न नसकिएको भन्दै प्रश्न गरे । उनले सो घटनाका विषयमा सरकारले जवाफ दिनुपर्ने माग गरे ।

सरकारले बनाएको छानबिन समितिका सदस्य वीरेन्द्र केसीले सुरुक्षा नरहेको भन्दै राजीनामा दिएको भन्दै सांसद बडुले त्यस्तो शक्तिशाली अपराधी को हो भन्दै प्रश्न गरे । लगत्तै सभामुख कृष्णबहादुर महराले घटानाको विषयमा सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु