प्रधानमन्त्री निर्देशन कार्यान्वयनमा सचिवदेखि मन्त्रीसम्मकै बेवास्ता

काठमाडौं । सरकारले लोकप्रिय नीति बनाउने, निर्देशन दिने गरेको छ तर त्यसको कार्यान्वयनमा चुक्दा आलोचित बन्दै गएको छ । मन्त्रिपरिषद् बैठकबाट पारित निर्देशिकाहरूको पालना तथा प्रधानमन्त्रीका निर्देशनको कार्यान्वयनमा मन्त्री तथा सचिवहरूले नै बेवास्ता र ढिलासुस्ती गरेका छन् ।

३ फागुन २०७४ मा गठन भएको दुई तिहाइ समर्थनको वर्तमान सरकारले २६ वैशाखमा सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने सम्बन्धी ४० बुँदे नीतिगत मार्गदर्शन जारी गरेको थियो । त्यसको प्रभावकारी कार्यान्वयनमा भने सरकार चुक्दै आएको छ । निर्देशिकामा पुराना तथा थोत्रा सबै सवारीसाधन तीन महिनाभित्र व्यवस्थापन गर्ने उल्लेख भए पनि कार्यान्वयन पक्ष कागजमा मात्रै सीमित छ ।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोद कुँवरले पुराना सवारीसाधनको व्यवस्थापनका लागि लिलामी प्रक्रिया अगाडि बढिरहेको बताए । तर, निर्देशिका पारित भएको चार महिना बितिसक्दा पनि अधिकांश सरकारी निकायले प्रक्रियासमेत अगाडि बढाएका पाइएको छैन ।

सरकारले सरकारी पदाधिकारीको वैदेशिक भ्रमणलाई उपयोगी, नतिजामूलक, मितव्ययी, पारदर्शी बनाउने भन्दै वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका २०७५ जारी ग-यो । तर, त्यो पनि कागजमा मात्र सीमित छ । यसबारे आजको राजधानी दैनिकमा विस्तृतमा खबर छापिएकोछ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु