‘लिलिबिलि’ मा जमेको जोडी ‘लभ स्टेशन’ मार्फत फेरि पर्दामा

काठमाडौं । चलचित्र ‘लिलिबिलि’ मा जमेको एक जोडी फेरि एक साथ पर्दामा देखिने भएका छन् । निर्माता वितरक गोबिन्द शाहीले निर्माण गर्न लागेको चलचित्र ‘लभ स्टेशन’ मा अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङको जोडी फेरि जम्ने लागेको निर्माता शाहीले बताए ।

यी दुबैलाई चलचित्र ‘लिलिबिलि’ दर्शकले मन पराएका थिए । लन्डन निवासी जसिता चलचित्रका लागि केही दिन पहिले काठमाडौ आएपछि चलचित्रको प्रमुख भूमिकामा अनुबन्ध भएकी छन् ।

उज्जवल घिमिरेले निर्देशन रहने चलचित्रमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको पनि अभिनय रहने चर्चा चले पनि निर्माण युनिटले आधिकारिक पुष्टि गर्न भने बाँकी रहेको जनाएको छ । लभ स्टोरी चलचित्रको सम्पूर्ण छायाँकन दार्जिलिङ, सिक्किम लगायत अमेरिकासहित बिदेशी केहि भूमिमै गरिने निर्माता शाहीले जानकारी दिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु