अस्ट्रेलियामा उत्खननका क्रममा भेटियो सुनको पत्थर

अस्ट्रेलिया । क्यानडाको एक खदान कम्पनीले अस्ट्रेलियामा उत्खननका क्रममा लगभग १७० करोड रुपैयाँबराबरको सुन भेटेको छ । उक्त देशमा लुकेको सुन भण्डारमा भेटिएको सम्भवतः सबभन्दा ठूलो सुन हो यो । पश्चिमी अस्ट्रेलियाको एक जिल्लामा टोरन्टोको कम्पनीले खन्दा सुन भेटेको हो ।

मिडिया रिपोर्टअनुसार, जमीनभन्दा ५०० मिटरमुनि खन्दा मजदूरहरूले १९० किलोग्रामको भारी पत्थर देखे । पत्थरमा मुख्य रूपमा दुई किसिमका अंश थिए । सबभन्दा पहिले ९५ किलोको पत्थरलाई अलग्याइयो जसमा ६९ किलो सुनको तत्त्व उपस्थित थियो । त्यसको अनुमानित मूल्य ३८० लाख रुपैयाँ बताइएको छ ।

अर्को ६३ किलोग्रामको पत्थरमा ४५.९ किलो सुन भेटियो जसको अनुमानित मूल्य लगभग ३२० लाख रुपैयाँ छ । पर्थबाट लगभग ६०० किमि टाढा बेटा हन्ट माइन अभियानअन्तर्गत सुनको यो खजाना हात फेला परेको हो । खनन गर्ने कम्पनी आरएनसी मिनरल्सका सीईओ मार्क सेल्बेले भने, ‘यो अहिलेसम्मको सबभन्दा ठूलो स्वर्ण खनन अभियान
हो ।’ उत्खननबाट निस्केको सुनलाई तत्कालै पर्थस्थित प्रयोगशाला लगिएको छ । केही वैज्ञानिक प्रक्रियापछि तिनलाई बेच्न लायक बनाइनेछ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु