सन्दिप लामिछाने अफगानिस्तान प्रिमियर लिगमा, पारस र सोमपाल परेनन्

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर सन्दिप लामिछाने अफगानिस्तान प्रिमियर लिग खेल्ने भएका छन् । पारस खड्का र सोमपाल कामी भने परेनन् । आज भएको अक्सनमा प्रत्येक टोलीले एक एक जना एसोसियट्सको खेलाडी लिन पर्ने थियो तर पाँच टोली मध्य नान्गरहारले सन्दिपलाई आफ्नो टोलीमा समाबेश गरेको हो । पारस र सोमपाललाई कुनैले पनि टोलीले लिएनन् ।

सन्दिपलाई ड्राफ्टको आईसीसी एसोसिएट खेलाडीको श्रेणीमा रहेकाले उनले १५ हजार डलर पाउनेछन्। ड्राफ्टमा बिश्वभरबाट सहभागी ३५० भन्दा बढी खेलाडहरुलाई बिभिन्न ६ वटा श्रेणीमा बिभाजन गरिएको थियो। पारस खड्का र सोमपाल कामि पनि सन्दिपकै श्रेणीमा भए पनि कुनै पनि टिमले लिएनन् ।

नेपाली लेग स्पिनर यस अघि इन्डियन प्रिमियर लिग(आईपीएल), ग्लोबल टि-२० क्यानडा र क्यारेबियन प्रिमियर लिग टि-२० खेलीसकेका छन्। इन्डियन प्रिमियर लिगमा सन्दिप २० लाख भारतीय रुपैयाँमा बिक्रि भएका थिए भने क्यारेबियन प्रिमियर लिगमा ५ हजार डलर तथा ग्लोबल टि-२० लिग क्यानडामा ४० हजार डलरमा ड्राफ्टबाट सन्दिप छानिएका थिए।

आईपीएलमा दिल्लीबाट खेलेका सन्दिपले ३ खेलमा ५ विकेट लिएका थिए भने ग्लोबल टि-२० लिगमा मोन्टरियल टाइगर्सको लागि खेल्ने क्रममा ५ खेलमा ८ विकेट लिएका थिए। यस्तै अहिले जारि क्यारेबियन प्रिमियर लिगमा सेन्ट किट्स एण्ड नेभिस पेट्रीएट्सको लागि उनले ५ खेलमा कुल ७ विकेट लिएका छन्। सबै लिगमा सन्दिपको इकोनोमी राम्रो रहेको छ भने टिमको महत्वपूर्ण खेलाडीको रुपमा आफुलाई प्रमाणित गरेका छन्।

एपीएलको चलिरहेको ड्राफ्टमा आइकन खेलाडीको रुपमा शहिद अफ्रिकी, राशिद खान, आन्द्रे रसेल, क्रिस गेल, ब्रेन्डन म्याकलम १ लाख डलरमा चुनिएका छन्। पहिलो संस्करणको एपीएल युनाइटेड अरब इमिरेट्सकको शारजाहं क्रिकेट मैदानमा ५ देखि २३ अक्टोबर ९ असोज १९ – कार्तिक ६ ० सम्म आयोजना हुनेछ। काबुल, बल्ख, कन्दहर, नगरहर र पक्तिया गरि ५ वटा अफगानिस्तानको शहरको नाममा टिमको नाम राखिएको छ।प्रतियोगितामा विभिन्न ५ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ। प्रतियोगिता अक्टोबर ५ देखि २१ तारिखसम्म युएईको सारजाह क्रिकेट मैदानमा हुनेछ।

Comments

comments

सम्बन्धित शिर्षकहरु