नाओमी ओसाका यूएस ओपन टेनिसको उपाधि जित्ने पहिलो जापानीज खेलाडी

जापान । जापानकी नाओमी ओसाकाले यूएस ओपन टेनिसको उपाधि जितेकी छन् । ६ पटककी उपाधि विजेता सेरेना विलियम्सलाई सोझो सेटमा पराजित गर्दै ओसाकाले उपाधि जितेकी हुन् ।

ओसाका युएस ओपन जित्ने पहिलो जापानीज खेलाडी बनेकी छन् । उनले सेरेनलाई ६–२ तथा ६–४ को सेटमा पाखा लगाएकी थिइन् । ओसाकाले पहिलो सेट सजिलै जिते पनि दोस्रो सेटमा भने संघर्ष गर्नु परेको थियो । खेलका दौरान सेरेना र एम्पाएरबीच विवादसमेत भएको थियो । पछि सेरेना आफैले माफि मागेकी थिइन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु