अस्ट्रेलियामा चलचित्र ‘पण्डित बाजेको लौरी’ प्रदर्शन हुँदै

अमृत् शर्मा- अस्ट्रेलिया । बाबा एजुकेशन कन्सल्टेन्सीको प्रस्तुति मा नेपाली कथानक चलचित्र “पण्डित बाजे को लौरी” प्रदर्शन हुने भएको छ । आगामी सेप्टेम्बर २९ तारिकका दिन सिड्नी को सिविक थेटर मा चलचित्र प्रदर्शन हुने भएको हो।

विशेष गरी अष्ट्रेलियामा धेरै नेपाली चलचित्रहरु प्रदर्शन र विभिन्न कार्यक्रम गराएर चर्चा कमाई रहेको आर के एस अष्ट्रेलिया ले नै यो चलचित्र लाई सिड्नीमा प्रदर्शन गर्ने जिम्मा लिएको हो। अष्ट्रेलियामा रहेका नेपाली दर्शकहरुको नेपाली चलचित्र प्रतिको माया र सम्मान लाई मघ्यनजर गर्दै र विदेश मा पनि नेपाली चलचित्र को बजार प्रबर्धन गर्न का लागि आफु हरु ले यो चलचित्र प्रदर्शन गर्न लागेको बताउनुहुन्छ आर के एस अष्ट्रेलियका डाइरेक्टर रविन्द्र कुमार शर्मा ।

झट्ट हेर्दा कमेडी र रोमान्स मिसिएको देखिने चलचित्र “पण्डित बाजे को लौरी “ अध्रीत फिल्म ले निर्माण गरेको हो। थमन भनडारी को निर्माण, कृष्ण बम मल्ल र अमित श्रेष्ठ को संगीत साथै महेश दवाडी को कथा मा बनेको चलचित्र “पण्डित बाजे को लौरी “ लाई दिपक ओली ले निर्देसन गरेका हुन् I चलचित्रमा प्रविन खतिवोडा, प्रमोद अग्रहरी, विजय बराल, सन्ध्या केसी, मरिस्क पोखरेल ,भोलाराज सापकोटा लगाएतका कलाकारहरु को अभिनय रहेको छ।  नेपाल को प्रदर्शन बाट राम्रै चर्चा बटुलेको यो चलचित्र ले सिड्नी का दर्सक लाई पनि भरपुर मनोरंजन गराउने कुरा मा बिसोस्थ छ निर्माण पक्ष।

Comments

comments

सम्बन्धित शिर्षकहरु