शिवमार्ग सेवा समाजको तीज विशेष कार्यक्रम सम्पन्न


भक्तपुर । नेपाली हिन्दू महिला हरुको महान पर्ब हरितालिका तीजको अवसरमा हरेक बर्ष झै यो बर्ष पनि शिवमार्ग सेवा समाजले तीज विशेष कार्यक्रम गरेर आफ्नो सस्कार,संस्कृति लाई जगेर्ना गर्ने हेतुले नेपाली महिला हरुको महान पर्ब हरितालिका तीज भब्य रुपमा सम्पन्न गरेको छ ।

 

 

शुक्रबार विभिन्न कार्यक्रम गरि सु. न. पा २ भक्तपुर बालकोटको शिव मन्दिरमा कार्यक्रम गरेको हो । तीज कार्यक्रमा प्रदेश सभा सदस्य शशी जंग थापाको प्रमुख आतिथथ्य र समाजसेवी तथा युवा संघ भत्तपुरका अध्यक्ष रवि श्रेष्ठको सहभागिता रहेको थियो । दिदी–बहिनीहरुलाई हौसला प्रदान गर्नका लागि विभिन्न क्षेत्रका व्यक्तिहरु डाकेर शिवमार्ग सेवा समाजले कार्यक्रम गरेको थियो । कार्यक्रम बिहान १० बजेदेखि ५ बजेसम्म शिव मन्दिरमा सञ्चालन भएको थियो । कार्यक्रमको सभापतित्व समाजसेवी कृष्ण सुन्दर श्रेष्ठले गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य शशी जंग थापाले महिलाको हितको लागि आफुहरुले सक्दो सहयोग गर्ने बचन पनि दिएका छन् । त्यो भने पुरा हुनु नहुने हेर्न बाँकी नै रहेको छ । हिन्दू नारीहरुको पर्व तीजको अवसरमादिदीबहिनी शुभकामना आदानप्रदानसहित दर खुवाउने विशेष कार्यक्रम पनि रहेको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु