सिड्नीको एज केयरमा एक वृद्धलाई कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ

सिड्नी । सिड्नीको एज केयरमा एक रेजिडेण्ट वृद्धलाई कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ परेका छन् । सेभेन न्युजका अनुसार ३५ वर्षिय युवकलाई प्रहरीले गिराफ्तार गरेको हो । उनले रेजिडेण्ट वृद्धमाथी जुत्ताले कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ ।

केही समयअघि देखि नै आफुमाथी कुटपिट भईरहेको भन्दै वृद्धले आफन्तलाई खबर गरेपछि उनकी छोरीले गोप्य क्यामेराबाट दृश्य कैद गरेको समाचारमा जनाईएको छ ।

अभियुक्त गैर आवासिय नेपाली संघमार्फत समाज सेवामा समेत सक्रिय छन् । मिलनसार र असल चरित्रका उनीबाट कसरी यस्तो भूल भयो भन्दै गैरआवासिय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष नन्द गुरुङले आश्चर्य व्यक्त गर्नुभयो । यो घटनामा अभियुक्तको पक्षमा कानुनी व्यवसायीसमेतले काम थालिसकेको गुरुङको भनाईछ । उनलाई अर्को साता अदालतमा पेश गरिनेछ ।

अष्ट्रेलियाको एजकेयरमा एसिस्टेन्ट ईन नर्सिङ अर्थात केयररको रुपमा थुप्रै नेपालीले काम गर्छन् । विश्वासिलो र मेहनति भएकाले अष्ट्रेलियाको एजकेयरमा नेपालीको बाहुल्यता बढिरहेको छ । तर छिटफुट हुने यस्ता घटनाले नेपालीमाथीको विश्वासनै गुम्न सक्ने अआकलन गरिएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु