चीनलार्इ उछिनेर विश्वको सबैभन्दा अग्लो मूर्ति अब भारतमा

एजेन्सी । भारतको गुजरातमा निर्माण भइरहेको विश्वको सबैभन्दा अग्लो मूर्ति ‘स्ट्याचु अफ युनिटी’ लगभग तयार भएको छ। सरदार ‘वल्लभ भाइ पटेल’ को यो मूर्तिको उचाइ १ सय ८२ मिटर रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

 पटेल भारतका पहिलो गृहमन्त्री हुन्। उनले भारतमा शान्ति र स्थायित्व कायम गर्न उल्लेखनीय काम गरेकाे बताइएको छ। २९ सय ९० करोड भारतीय रुपैयाँको लागतमा निर्माण सम्पन्न हुने भनिएको सरदार पटेलको मूर्तिको शिलान्यास भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत अक्टोबरमा गरेका थिए।

सन् २०१३ बाट यसको निर्माण थालिएको थियो। यस मूर्तिलाई ‘स्ट्याचु आप युनिटी’ भनिएको छ। निर्माण पूरा भएपछि यो मूर्ति नै विश्वको सबैभन्दा अग्लो मूर्ति हुनेछ।

अहिले भने चीनमा रहेको बुद्धको मूर्ति विश्वको सबैभन्दा अग्लो मूर्तिका रूपमा परिचित छ। यसको उचाइ १ सय २८ मिटर छ।

चीनस्थित १ सय २८ मिटर उचाइको बुद्धको मूर्ति।

Comments

comments

सम्बन्धित शिर्षकहरु