नेपाल टेलिभिजनमा बन्द भएका टेलिफिल्महरु पुनः सुचारू हुने

काठमाडौं । मिडिया हब र नेपाल टेलिभिजनसँगको तीनवर्षे सम्झौता सकिएसँगै नेपाल टेलिभिजनमा प्रशारण बन्द भएका टेलिफिल्महरु पुनः प्रशारण हुने भएका छन् ।

हास्य टेलिश्रृंखलाहरु मेरी बास्सै, जिरे खुर्सानी र भद्रगोल पुन प्रसारण हुने भएका हुन् । त्यस्तै अन्य टेलिश्रृंखलाहरु ‘परिचय’, ‘सिंहदरवार’लगायत पनि प्रशारण हुने भएका छन् ।

मिडिया हबका प्रमुख सोम धितालले प्रत्येक एपिसोडको २ लाख २८ हजार रुपैयाँ नेपाल टेलिभिजनलाई तिर्ने गरी सम्झौता भएपछि बन्द भएका हास्य टेलिश्रृंखलाहरु यसै साताबाट प्रशारणमा आएका छन् । हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ले प्रदर्शन सुरु गरिसकेको छ भने अन्यले पनि आफ्नो पहिले निर्धारित समयअनुसार प्रसारण हुनेछन् ।

सम्बन्धित शिर्षकहरु