अष्ट्रेलियामा पहिलो पटक राप्ती अन्तराष्ट्रिय म्युजिक अवार्ड हुँदै

काठमाडौं । नेपाली, कला, भाषा, संस्कृतीलाई विश्वव्यापीकरण गर्ने उदेश्यका साथ अस्ट्रेलियामा पहिलो पटक राप्ती अन्तरास्ट्रिय म्युजिक अवार्ड हुने भएको छ । बाबा एजुकेसन कन्सुल्टेन्सिको प्रायोजनमा हुन लागेको म्युजिक अवार्ड राप्ति समाज अस्ट्रेलियाले आयोजना गर्न लागेको हो ।

कार्यक्रम यहि सेप्टेम्बर ८ तारिखको दिन बेलुका ६ बजे देखि इन्द्रेणी फन्क्चन सेन्टर , रकडेल मा हुने भएको छ । यस अवार्ड कार्येक्रममा,चर्चित नायक पल शाह, लोकप्रिय गायिका राधिका हमाल, सिन्धु मल्ल, गायक कृष्ण रेउले र प्रकाश रेग्मी को सहभागिता हुनेछ । सम्पूर्ण नेपाली कलाकार लाई प्रोत्सहन र राप्ति अञ्चलमा जन्मेका कलाकारहरुलाई सम्मान सोरुप आयोजना हुन लागेको राप्ती अन्तरास्ट्रिय म्युजिक अवार्ड को सम्पूर्ण तयारी करिब अन्तिम चरण मा पुगेको जानकारी राप्ती समाज अष्ट्रेलियाका अध्यक्ष नरेश रेग्मीले बताएका छन ।

कार्यक्रमको शुल्क ३५ डलर रहेको र साथ साथै डिनरको पनि राम्रो ब्यबस्ता रहेको छ। नेपालबाट आउनु हुने कलाकारहरुले आम दर्शकलाइ भरपुर मनोरंजन प्रदान गर्नु हुने राप्ति समाज अस्ट्रेलियाले जानकारी दिएको छ।

सिड्निमा आयोजना हुने अधिकाङ्स साङ्गितिक(सांस्कृतिक कार्यक्रमहरुमा मुख्य प्रायोजन गर्ने “बाबा एजुकेसन कन्सल्ट्यान्सी” र ूआर के एस अस्ट्रेलियाू ले नै यो कार्येक्रम लाई प्रायोजन गरेको छ र आफु हरुले यस्ता कार्यक्रमहरु लाई प्रोमोट गर्न पाउनु गर्वको विषय रहको बताउनु हुन्छ बाबा एजुकेसन कन्सुल्टेन्सि का सी ई ओ रबिन्द्र कुमार शर्मा ।

अस्ट्रेलियाको सिड्नी मा अवस्थित बाबा एजुकेसन कन्सुल्टेन्सिले सिड्नी मा आयोजना हुने धेरै कार्येक्रम हरु लाई आर्थिक सहयोग गर्ने गर्छ जसले गर्दा विदेश मा रहेर पनि नेपाली कला( सस्कृतिलाई लाई जगेर्ना गर्न आफुहरुको यो कदम ले केहि टेवा पुग्ने बाबा एजुकेसन कन्सुल्टेन्सि का मार्केटिंग म्यानेजर अमृत शर्माले बताए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु