पाँच मिनेटमा विवाह, तीन सय खर्च !

काठमाडौं । समता शिक्षा अभियानका अभियन्ता उत्तम सञ्जेलले समता अस्पतालमा हेल्थ असिस्टेन्टको रुपमा कार्यरत कला अधिकारीसँग विवाह गरेका छन्। विवाहमा ३ सय रुपैयाँ मात्र खर्च भएको छ।
सोमबार गुहेश्वरी मन्दिर परिसरमा आयोजित विवाह समारोहमा बेहुला बेहुली सामान्य पोषाकमा थिए भने बेहुलाले चप्पल लगाएका थिए।

विवाहमा १० जना जन्ती सहभागी थिए। जन्ती जानेमा चर्चित हस्तीहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, उपेन्द्र महतो, गुणराज लुईंटेल, प्रतीक प्रधान, मनोज गजुरेल, सीताराम कट्टेल लगायत थिए।
५ मिनेटमा सम्पन्न भएको विवाह भोजमा एक किलो लड्डु खुवाइएको थियो, जसलाई मह जोडीले प्रायोजन गरेका थिए।

सञ्जेलले नेपालका ७७ जिल्लासहित मित्र राष्ट्र भारत, श्रीलंका, बंगालदेशका करिब ६५ हजार गरिब बिद्यार्थीलाई सहज शिक्षा अभियान चलाई रहेका छन्।

Comments

comments

सम्बन्धित शिर्षकहरु