कमब्याकका लागि यस्तो छ कपिलको तयारी

एजेन्सी । कमेडी बादशाहका रुपमा सबैको मनमा बस्न सफल कपिल शर्मा पुनः टिभीमा कमब्याक गर्दैछन् । यसका लागि बेजोड तयारी पनि शुरु गरिसकेका छन् । हालै सामजिक सञ्जालमा शेयर भएको उनको केही तस्वीरले उनको तयारीका झलकहरु पेश गरेको छ ।

ती तस्वीरमा कपिल जगिङ गरिरहेको देखिएका छन् । हालका दिनहरुमा कपिलको तौल निकै बढेको छ र उनी त्यसलाई घटाउने प्रयासमा छन् । एक अन्तरवार्तामा कपिलले आफ्नो कमब्याकबारे बोल्दै हालसम्म केही फाइनल नभएको बताए ।

कपिलले आफ्ना फ्यानहरुसँग चाडैं नै टेलिभिजनमा आउने वाचा गरेका छन् । उनले ‘द कपिल शर्मा शो’ को नयाँ सिजन लिएर आउने बताए । साथै कपिलले उक्त शोको योजना प्राथमिक चरणमा भएको तर त्यसलाई लिएर आउने प्रतिबद्धता जनाएका छन् ।

कपिल यो नयाँ शो कृष्ण, अभिषेकको साथमा लिएर आउन सक्ने खबर छ । मार्च २०१८ मा उनको नयाँ शो ‘फेमिली टाइम विथ कपिल शर्मा’ शुरु भएको थियो तर तीन एपिसोड पनि नसकिँदै त्यो बन्द भएको थियो ।

सम्बन्धित शिर्षकहरु