एनआरएन ओसिनिया क्षेत्रको विज्ञ सम्मेलन सिड्नीमा

काठमाडौं । आगामी अक्टोवरमा काठमाडौंमा हुन लागिरहेको विज्ञ सम्मेलनको तयारीस्वस्प गैर आवासीय नेपाली संघ (एनआरएन) ओसिनिया क्षेत्रको विज्ञ सम्मेलन अष्ट्रेलियाको सिड्नीमा हुने भएको छ । पहिलोपटक हुन लागेको ओसिनिया क्षेत्रको विबज्ञ सम्मेलन यही सेप्टेम्बरको १५ तारिखमा हुँदैछ ।

सम्मेलनबाट उनीहरुले जानेको सीप र ज्ञानलाई नेपालको विकासमा प्रयोग गर्न सकिने माध्यमहरुको बारेमा खोजी समेत गरिने भएको छ । कार्यक्रममा अष्ट्रेलिया, न्युजिल्याण्ड, पपुवान्युगिनी, फिजी लगायतका ओसिनिया क्षेत्रमा रहेका विभिन्न विधामा विज्ञता हासिल गरेका विज्ञहरुको सहभागिता रहने छ ।

आयोजक तथा ओसिनिया संयोजक धर्मराज अधिकारीका अनुसार पहिलोपटक आयोजना गरिएको यस कार्यक्रमबाट निकालिएको निष्कर्ष भर्खरै संघीयतामा गएको नेपालका लागि अत्यन्तै महत्वपुर्ण हुनेछ । अधिकारीका अनुसार कार्यक्रममा पूर्वाधार विकासका साथै कृषि, रेलवे निर्माण, सुरुङ मार्ग, स्वास्थ्य, शिक्षा, खाद्य सुरक्षा लगायतका क्षेत्रहरुमा काम गरिरहेका विज्ञहरुले सहभागिता जनाउनेछन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु