‘योगमाया’ मदन पुरस्कार विजेता कृति !

असनेपाल न्युज । सिड्नी ।

योग -ध्यान गरेर समाज सुधारको विगुल फुक्ने ईतिहासकि एक महानायिका ‘योगमाया ‘ फेरि जीवन्त बनेकि छिन् आधुनिक औपन्यासिक कृतिमा । अध्यात्म र योग बल संसारका सबै शक्ति भन्दा माथि हुन्छ । जीवनमा गरिएको आदर्श अभियान चीहान फोरेर पनि माथि उठ्छ । यसरि नै माथि उठ्दै छ , योग मायाको धर्म राज्य रुपि सन्देश आज। यहि विषयलाई उठान गर्ने लेखिका,  निलम कार्कि निहारिकाको कृति “योगमाया “ले मदन पुरस्कार पाउंदा पुरस्कार ,नेपाली साहित्य र कृति दुबैको गौरव बढेको छ ।

अमेरिका निवासि लेखिका  कार्कि निहारिकाको कृति “योगमाया ” लाई यस वर्षको मदन पुरस्कार दीईने भएको हो  । नेपाली साहित्यको अब्बल पुरस्कार मध्येको एक मदन पुरस्कार का लागि यो वर्ष सो कृति चुनिएको हो । इतिहासकि महा नायिका जसले योग र ध्यान मार्फत धर्म राज्य स्थापनाका लागि तत्कालिन राणा कालमा नै प्रयास गरेकि थीइन । उनकै अभियानमा योगमायासहितका ६८ अनुयायीले १९९८ साल असारमा अरूणमा जलसमाधी लिए । वाल तपस्वीनिले गरेको सालिन लीला ईतिहासको गम्भिर विषयलाई आफ्नो उपन्यासको मुल प्रवाह बनाएकि निलम ले स्थलगत अध्ययन पछि यो कृति बाहिर ल्याएकि हुन्। सो पुरस्कार को रासि २ लाख रुपैयां रहेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु