प्रधानमन्त्रीलाई समेत थाहा छैन मन्त्रालयको संख्या

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार संसदलाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विम्स्टेक) को चौथो शिखर सम्मेलनको विषयमा संसदलाई जानकारी गराएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ओलीले विपक्षी दलले सरकारलाई तानाशाहीको संज्ञा दिँदै गलत प्रचार गरेको भन्दै आपत्ति समेत जनाए । साथै उनले सरकारले गरेका राम्रा काम र सरकार सक्षम रहेको पनि बताए । त्यती मात्र नभई उनले सरकारसँग कसैले लोकतन्त्रको सर्टिफिकेट मागिरहन नपर्ने पनि बताए । बोल्ने क्रममा उनले स्थानीय प्रदेश र संघमा कर्मचारी व्यवस्थापन र मन्त्रालय र मन्त्रीहरुको विभाजनको समेत जानकारी दिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु