काठमाडौँको डान्सबारमा काम गर्ने युवतीको रहस्यमय मृत्यु

काठमाडौं   ।  काठमाडौँको एक डान्सबारमा काम गर्ने एक युवतीको रहस्यमय मृत्यु भएको छ । साँखु घर भई तारकेश्वरको शेषमति डेरा गरी बस्ने २० वर्षीया जेनिशा भन्ने कोपिला श्रेष्ठको आइतबार बेलुका रहस्यमय मृत्यु भएको हो ।

प्रहरीले उनका प्रेमी सागर बन्ने बहादुर कार्कीलाई पक्राउ गरेको जनाएको छ । चिउँडोमा चोट देखिएकी श्रेष्ठको उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

महानगरीय प्रहरी वृत्त बालाजुका अनुसार युवती सुन्धाराको रोयल ग्यालेन्सी डान्सबारमा काम गर्थिन् । मृतकको चिउँडोमा चोट देखिएपनि हत्या हो कि आत्महत्या हो भन्ने कुरा पोस्टमार्टममा खुल्ने प्रहरीले जनाएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु