‘द भ्वाइस अफ नेपाल’ नेपालमा आजबाट प्रसारण हुँदै

काठमाडाैँ । ‘द भ्वाइस अफ नेपाल’ नेपालमा आजबाट प्रसारण हुँदैछ। ‘नेपाल आइडल’पछि नेपालमा अर्को अन्तर्राष्ट्रिय सांगीतिक कार्यक्रमको रुपमा ‘द भ्वाइस अफ नेपाल’ नेपालमा प्रसारण हुन लागेको हो।

कार्यक्रम आजदेखि हरेक शनिबार र आइतबार राति ९ बजेदेखि कान्तिपुर एचडी र डिस होमको रमाइलो टेलिभिजनमा हेर्न सकिने छ। ‘द भ्वाइस अफ नेपाल’ अन्तर्राष्ट्रिय रियालिटी सो ‘द भ्वाइस’कै नेपाली संस्करण रहेको आयोजकले बताएका छन्।

कार्यक्रममा चार वरिष्ठ गायक तथा संगीतकारलाई प्रशिक्षकको भूमिका दिइएको छ। प्रशिक्षकका रुपमा दीप श्रेष्ठ, अभय सुब्बा, प्रमोद खरेल र सनुप पौडेललाई छनौट गरिएको छ। यस कार्यक्रमको विजेतालाई २५ लाख नगद तथा २० लाख बराबरको कार पुरस्कार दिइनेछ।

यस कार्यक्रमले द भ्वाइसको अन्तर्रािष्ट्रय फर्मेट नै अपनाउनेछ। ब्लाइन्ड अडिसनबाट प्रशिक्षकले आफ्ना गायकहरु छान्नेछन्। उनीहरुलाई सिकाउने छन्। र प्रतिस्पर्धा गराउनेछन्।

Comments

comments

सम्बन्धित शिर्षकहरु