लघुकथा : फैसला “खुच्चिङ खाईस् अब जिन्दगी भरि पश्चाताप को ज्वालामा डढेर किस्तावन्दी मरोस्”

मिनाक्षीले आफ्नो सतित्व लुटेरा महिषपालको लिङ्ग छेदन गरि दिएको मुद्दाको आज फैसला हुने दिन। अदालतमा दर्शकहरुको खचाखच भीड थियो। पक्ष बिपक्षका वकिलहरु को बहस पैरबी पश्चात न्याय मूर्तिले फैसला सुनाउँदै भन्नु भयो।
यस मुद्दामा प्राप्त सबुत प्रमाण तथा अभियुक्त द्वय मिनाक्षी र महिषपालको बयान आदिबाट अदालत यो निष्कर्षमा पुगेको छ कि जबर्जस्ती करणीका अभियुक्त महिषपाल दोषी ठहरिने देखिएको हुँदा प्रचलित कानून अनुसार निजलाई कारावासको सजाएँ हुने र पीडित मिनाक्षीले तत्काल आवेशमा आई आफुलाई अन्याय पुर्वक जबर्जस्ती करणी गर्ने अभियुक्त महिषपालको लिङ्ग छेदन गरि दिएको हुँदा प्रचलित कानून अनुसार तत् अवस्थामा पीडित ले पीडक को ज्यान लिएमा वा अङ्ग भङ्ग गरेमा कुनै कसुर गरेको वात नलाग्ने भएकोले बाइज्जत बरी गर्ने निर्णय गरिएको छ ।
फैसला सुनाएर न्यायमूर्ति आफ्नो च्याम्बरमा जानु भए पछि रमितेहरू अथवा दर्शकहरु वीचबाट नारी आवाज आयो । ***मिनाक्षीको बहादुरीलाई सम्मान गरिनु पर्दछ । कुकुर को जस्तो बैँस सम्हाल्न नसक्नेहरूलाई मार्नु भन्दा यस्तै लिङ्ग काटि दिने सजाएँ हुनुपर्छ ताकि अरुले हिम्मत गर्न नसकोस् बल्ल खाईस् ; खुच्चिङ खाईस् अब जिन्दगी भरि पश्चाताप को ज्वालामा डढेर किस्तावन्दी मरोस्।

अल्पबिराम पोखरेली ।

Comments

comments

सम्बन्धित शिर्षकहरु