चुनावलाई प्रभाव पार्न पोर्नस्टारलाई पैसा दिएको ट्रम्प वकीलद्वारा स्वीकार

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व वकील माइकल कोहेनले मैनहैटन अदालतमा आफुले चुनाव अभियानसँग सम्बन्धित वित्तिय नियमहरुको उल्लंघन गरेको स्वीकार गरेका छन् । कोहेनले राष्ट्रपतिका उम्मेद्वार डोनाल्ड ट्रम्पको भनाईमा नै आफुले त्यस्तो गरेको र त्यो चुनावलाई प्रभावित पार्न लक्षित भएको खुलासा गरे ।

पूर्व वकील कोहेनको यो बयान राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी अभियान ताका स्टर्मी डेनियल्स नाम गरेकी एक पोर्नस्टारसँग बनाएको कथित शारीरिक सम्बन्धलाई गोप्य राख्न आफ्नो वकीलको माध्यमबाट पैसा दिएको मामिलासँग जोडिएको छ ।

५१ वर्षीय कोहेनले आठवटा अनियमितताका मामिलाहरुलाई स्वीकार गरेका छन् जसमा कर र बैंक फ्रडको मामिला पनि सामेल छ । मंगलबार पश्चिमी भर्जिनियामा पहिलेबाट नै तय भएको एक रैलीमा ट्रम्पले कोहेनसँग सम्बन्धित एक प्रश्नलाई वेवास्ता गरेका थिए । ह्वाइट हाउसले यस मामिलामा प्रतिक्रिया दिन अस्वीकार गरेको छ ।

यसका लागि उनलाई ६५ वर्षसम्मको जेल सजाय हुनसक्छ तर न्यायधीश विलियम पाउलेले उनलाई अधिकतम पाँच वर्ष तीन महिनाको जेल सजाय हुनसक्ने बताएका छन् । कोहेनलाई पाँचपटक कर चोरी, एक पटक आर्थिक संस्थामा झूट बोल्ने, जानीबुझी कर्पोरेट कम्पनीलाई गलत तरिकाबाट एकपटक फंडिङ गर्ने र उम्मेद्वारको भनाईमा गलत तरिकाबाट अभियानमा संलग्न हुन ।

अदालतले सजायको घोषणा १२ डिसेम्बरमा गर्ने छ । हाल उनी जरिवाना भरेर जमानतमा रिहा भएका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु