एआइजी बढुवा प्रक्रिया सुरु,को–को छन् दाबेदार ?

काठमाडौं । काठमाडौं-गृह मन्त्रालयले चार महिनादेखि रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को बढुवा प्रक्रिया बल्ल अघि बढाएको छ । गृह मन्त्रालयका अनुसार अबको एक साताभित्र एआइजी बढुवाको टुंगो लगाउने प्रक्रिया अघि बढेको हो ।

अाजकाे नयाँ पत्रिका दैनिक लेख्छ-गृहका अनुसार एआइजी बढुवा वरिष्ठताकै आधारमा हुनेछ । हालका डिआइजीहरू पुष्कर कार्की, मनोज न्यौपाने, ठुले राई, धीरु बस्नेत र सुुरेशविक्रम शाह वरिष्ठताका आधारमा अगाडि छन् । उनीहरू सबै १९ साउन ०७४ मा एसएसपीबाट डिआइजीमा बढुवा भएका थिए । उनीहरूसँगै बढुवा भएका सर्वेन्द्र खनाल अहिले आइजिपी छन् । अर्का डिआइजी रमेश खरेलले भने पदबाट राजीनामा दिइसकेका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु