फेरि अर्काे अपराध : पूर्वराजदूत झाको घरमै ‘हत्या !’

काठमाडौं । पूर्वराजदूत केशव झा मृत अवस्थामा भेटिएका छन् । ८० वर्षीय झा बबरमहलस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको टाउको र घाँटीमा चोट लागेको छ । किचनको चक्कु प्रहार गरी उनको हत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ । प्रहरी अहिले घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गरिरहेको छ ।

घरमा झा, उनकी श्रीमती र सुरक्षागार्ड सानु तामाङ मात्र थिए । छोरा बुहारी शनिबार मात्र आयरल्याण्ड गएका थिए भने छोरी पनि घरमा थिइनन् । झाको हत्याबारे प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ । झाको घरमा रहेका उनका सुरक्षा गार्ड सानु तामाङलाई नियन्त्रणमा लिई प्रहरीले प्रारम्भिक सोधपुछ गरेको छ । प्रहरीले झाकी श्रीमतीसँग पनि सोधपुछको तयारी गरिरहेको छ ।

घटनाबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त लामाले जानकारी दिए । परराष्ट्र सेवामा ३४ वर्ष विताएका झा फ्रान्सका लागि नेपालका पूर्व राजदूत हुन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु