सकारात्मक सोचको तरङ्ग फैलाउंदै सिड्नीमा ‘सुखसूत्र ” कृतिको अन्तर्क्रिया सम्पन्न

कृषिका पण्डित , असनेपालन्युज, सिड्नी । “आफ्नो मस्तिष्ककलाई नियन्त्रण गर्न सक्यौं भने संसार पनि हाम्रो बसमा पर्न वाध्य हुनेछ’ । एउटा शक्तिशालि सकारात्मक उर्जाले भरिएको पुस्तक ‘सुखसूत्र ” जसको आध्योपान्त अध्ययनले हारेका हजारौं मनहरूलाई उठाउंने ताकत राख्छ र उठाइरहेछ ।

नेपाली साहित्यमा कमै मात्र देखिने उत्प्रेरणात्मक कृतिको प्रतिनिधित्व गर्दै उदाएको यो पुस्तक नेपालमा लोकार्पण गर्दा एकै दिनमा १ हजार प्रति विक्री भएर अब्बल दर्जाको कीर्ती राख्न सफल बनिसकेको छ । अन्तर्रास्ट्रिय उत्प्रेरक वक्ता ,सकारात्मक सोच अभियन्ता तथा योग र अध्यात्म प्रचारक आचार्य राजन शर्मा द्वारा लिखित सुखसूत्रको सिड्नीका साहित्य प्रेमि बीच एक वहस र अन्तरकृया भयो । सो आयोजित उत्प्रेरणा कार्यक्रमले दर्शक दीर्घामा एक सकारात्मक तरङ्ग मात्र फैल्याएन बरू कहिले उत्प्रेरणाका भनाइ र कहिले निस्कने हांसोका फोहराले कार्यक्रम अवधिभर सबैलाई एकनास आकर्षण गरिरह्यो ।

सोचको शुद्दी , ध्यान , आत्म अवलोकन , आहार , विहार र प्रत्याहार शुद्दिका विधि , मस्तिष्क शक्ति बढाउंने योग मुद्रा र हांस्यचिकित्सा सो अवसरका आकर्षण थिए ।  पुस्तक टिप्पणीको क्रममा साहित्यकार मन्जिला उप्रेतिले नेपाली साहित्यमा सकारात्मक सोचको खडेरिलाई चिर्दै एक युगपुस्तक ‘सुखसूत्र ‘जन्मिएको भन्दै आज प्रत्येकको विचलित मनलाई एक उत्तम सकारात्मक खुराक पुस्तकको रुपमा आएको चर्चा गर्नु भयो । उहांले ‘सुखसूत्रका ‘केहि चर्चित प्रसङ्गलाई समेत वाचन गर्दै उपहारको रुपमा दिन मिल्ने यो पुस्तक समाज रुपान्तरणको कारक बन्न सक्ने धारणा राख्नु भयो ।

पुस्तकको अतन्तर्कृयाको क्रममा कवि सुरेन्द्र दवाडिले राख्नु भएको सवालको जवाफ दिंदैं कृतिकार आचार्य राजन शर्माले यो पुस्तक आफुले यात्रा गरेका विश्वका ३३ शहरका ज्ञान ,५ वर्ष सम्म अध्ययन र अनुभव गरेका सकारात्मक सोच तथा जीवनलाई सुखी बनाउंने सूत्रवद्द नियम उल्लेख गरेको बताउंनु भयो । सो अवसरमा उठेका सवालको जवाफ दिंदै लेखक आचार्य राजन शर्माले “जातीय विभेदको रोग न सभ्यताको शुरुमा थियो नत अाधुनिक प्रजाता न्त्रिक पद्द्तिमा नै छ,यो त केबल मध्ययुगीन सामन्ती समाजको अवशेष क्यान्सर रोग मात्रै हो र अध्यात्मिक आंखाले हेर्दा संसार विभेद रहित रहेको बताउंनु भयो ।

सो अवसरमा सुखसूत्र कृतिलाई शुभकामना दिने क्रममा विश्वशान्ति तथा अध्यात्म विज्ञान समाजका महासचिव विदुर प्रसाद सापकोटाले ‘सुखसूत्र’को प्रत्येक पन्ना र हरफले मानिसको दिमाग हल्लाइदिने क्षमता राखेको बताउंदै आफ्नो लागि गीता पछि पढिने दोस्रो पुस्तक “सुखसूत्र ‘रहेको बताउंनु भयो । यस्तै सो अवसरमा समुदायका अग्रज डा नारायण प्रधान , डा मोम विश्वकर्मा , डा मित्र परियार पत्रकार ॠषि आचार्य , अभिभावक समुह क्याम्सि क्यान्टवेरिका अध्यक्ष गाणेश गौतम लगायतले “सुखसूत्र ” नेपाली शैक्षिक पाठ्यक्र्मम राख्नु पर्ने पुस्तक भएको बताउंदै सुखसूत्र पछि अन्य सफल कृतिका लागि आचार्य राजन शर्मालाई विविध शुभकामना प्रदान गर्नु भयो । सो कार्यक्रममा सभाध्यक्षको रुपमा बोल्दै अनेसास एन एस डब्लुको अध्यक्ष सानु घिमिरेले यस्ता कृतिहरूले नेपाली साहित्य र अनेसासलाई गौरवान्वित बनाउंदै लगेको बताउंदै आचार्य राजन शर्माको सकारात्मक सोच अभियानमा आफुहरू सदैव सहयोगिको रुपमा रहेको बताउंनु भयो । सोहि संस्थाका महासचिव महेश्वर शर्माले कार्यक्र्मलाई आकर्षक तवरले सन्चालन गर्नु भएको थियो । डा नारायण प्रधान , डा मित्र पारीयार र डा मोम विश्वकर्माले दीप प्रज्वलन गरेर संयुक्त्त रुपमा सो कार्यक्र्मको शुभारम्भ गर्नु भएको थियो ।

अनेसास नयाँं कार्य समितिलाई जिम्वेवारी हस्तान्तरण

यसैविच :अन्तर्रास्ट्रिय नेपाली साहित्य समाज (अनेसास ) एन एस डब्लु सिड्नी ,अस्ट्रेलिया को भर्खरै सम्पन्न अधिवेशनको घोषणा अनुरुप नवगठित कार्यसमितिको नामावलीलाइ सार्वजनिक गर्दै पुरानो कार्य समितिले नयाँ कार्य समितिलाई जिम्वेवारी हस्तान्तरण गरेको थियो । जस अनुसार नव गठित कार्य समितिको अध्यक्ष्यमा महेश्वर शर्मा , उपाध्यक्षमा ममता तिवारी (सापकोटा ), महासचिवमा दिपक निरौला , सचिव प्रविण टण्डन  ,कोषाध्यक्षमा बिष्णु घिमिरे , सदस्यहरूमा मनोज पाण्डे , कृषिका पण्डित , इस्वर वराल ,युवराज अधिकारि,बिनोद महर्जन सीता रसाईली , गणेश भट्ट लगायत रहनु भएको छ ।

यस्तै सल्लाहकार समितिमा :पुर्व अध्यक्षहरू भीमसेन सापकोटा ,सानु घिमिरे रहनु भएको छ । संगित र सांन्स्कृतिक विभाग मा मनोज पाण्डे , सूचना प्रविधिमा प्रविण टन्डन,जनसंपर्क अधिकृत, इस्वर वराल  रहनु भएको छ । सो अवसरमा निवर्तमान कार्यसमितिका अध्यक्ष सानु घिमिरे तथा अनेसास केन्द्रिय समितिका उपाध्यक्ष आचार्य राजन शर्मा(भीमसेन सापकोटा)ले उपस्थित मध्येका नवनियुक्त पदधिकारीहरूलाई खादा लगाएर कदर गर्नु भएको थियो भने पुरानो कार्यसमितिको योगदानको कदर गर्दै सानु घिमिरेलाई एक सम्मान पत्र प्रदान गरेको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु