एशियन गेम्समा ३६ वर्षपछि नेपालको गोल

काठमाडाैँ । एशियन गेम्समा ३६ वर्षपछि नेपालले गोल गरेको छ। जारी १८ औँ एशियाली खेलकुद प्रतियोगितामा नेपालले पाकिस्तानविरुद्ध गोल गरेको हो। उक्त खेल पनि नेपाली खेलाडीले गरेको नभइ पाकिस्तानी खेलाडीले गरेको गोल नेपालले उपहारमा पाएको हो।

खेलको १२ औ मिनेटमा पाकिस्तानी खेलाडी युनस सहबाजले क्लियर गर्न खोजेको बल जालीमा ठोक्कएर गोलमा परिणत भएपछि नेपालका लागि उपहार गोल बनेको हो। नेपाल यसअधि जापानसँग १–० र भीयतनमसँग २–० को अन्तरले हारेको थियो।

यशियाली खेलमा नेपालले ३६ वर्षसम्म गर्न नसेको गोलको अभाव उपहारको गोलसँग अन्त्य भएको छ

Comments

comments

सम्बन्धित शिर्षकहरु